सेनलाई सुकुम्वासीको तथ्यांक उपलब्ध नगराउन हर्क साम्पाङको आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १३:४०

विराटनगर । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले सुकुम्वासीको लगत संकलनको विषयलाई लिएर कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सुकुम्वासीको विवरण माग्ने अधिकार सेना र प्रहरीजस्ता सुरक्षा निकायलाई नभएको स्पष्ट पारेका हुन् । उनले सेनालाई सुकुम्वासीको लगत उपलब्ध नगराउन पालिकाहरुलाई आह्वान गरेका छन् ।

Advertisement

नेपाल सेनाले विभिन्न सुकुम्वासीको विवरण माग्न थालेको खबर सार्वजनिक भएपछि साम्पाङले यसलाई ‘सरासर गलत’ कदमको संज्ञा दिएका छन् । उनले यस्तो कार्यले अनावश्यक त्रास र आतंक सिर्जना गर्ने उद्देश्य बोकेको आरोप लगाएका छन् ।

साम्पाङले स्थानीय तहलाई पनि सचेत रहन आग्रह गर्दै कुनै पनि पालिकालाई यस्तो विवरण उपलब्ध नगराउन सुझाव दिएका छन् । ‘सुकुम्वासीको समस्या समाधान गर्ने जिम्मेवारी सम्बन्धित नागरिक निकाय र सरकारले लिनुपर्ने हो । सुरक्षा निकायले होइन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.