सेनाले भन्यो, ‘विपद्को पूर्वतयारीका लागि सुकुम्वासीको विवरण मागिएको हो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १४:१७

काठमाडौं । नेपाली सेनाले विपद्को पूर्वतयारीका लागि सुकुम्वासीको विवरण मागिएको दाबी गरेको छ ।

मुलुकका विभिन्न जिल्लाका स्थानीय तहसँग सेनाले सुकुम्वासीको विवरण मागेको विषय अहिले चर्चामा छ । उपत्यकाको थापाथली, मनोहरा र गैह्रीगाउँका सुकुम्वासी बस्ती हटाइएपछि देशका अन्य जिल्लामा पनि यस्तै बस्तीहरूको विवरण संकलन सुरु भएको छ ।

Advertisement

सेनाले स्थानीय तहसँग सुकुम्वासीको अद्यावधिक विवरण मागेको छ । अनावश्यक रूपमा विवरण मागिएको भन्दै सेनाको चौतर्फी आलोचना भइरहेको छ ।

तर, नेपाली सेनाले भने यो कदमलाई विपद् पूर्वतयारीसँग जोडेको छ । सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकको तथ्यांक संकलन गर्नुको उद्देश्य सम्भावित विपद्का बेला उद्धार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनु हो ।

सेनाले विगतका अनुभवका आधारमा जोखिम क्षेत्रको ‘म्यापिङ’ गरी उद्धार योजना तयार पार्न यस्तो विवरण आवश्यक रहेको जनाएको छ । साथै, आफ्नो भूमिका संविधानले तोकेको दायराभित्रै सीमित रहने स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.