नेपालकाे भूमिबाट भारतले खाेल्याे मानसराेवरकाे यात्रा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १३:१३

काठमाडौं । नेपाली भूमि लिपुलेक पास हुँदै भारतले कैलाश मानसरोवर यात्रा खुला गरेकाे छ । चीनसँगकाे सहमतिमा भारतले नेपालकाे भूमिबाट मान सराेवर यात्रा खुला गरेकाे हाे ।

भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस वर्ष यात्राका लागि २० समूह हुनेछन् । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।

यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति मे १९ तोकिएको छ । कैलाश मानसरोवरकाे यात्रा गर्न हरेक वर्ष हजारौं श्रद्धालु जाने गरेका छन् ।

लिपुलेक पासबाट व्यापार अघि बढाउन भारत र चीन यसअघि सहमति गरिसकेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.