
काठमाडौं । काठमाडौंको शंखमुल क्षेत्रमा रहेको सुकुमवासी बस्तीमा पनि डोजर चलेको छ ।
सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्वासीमा डोजर चलाउन थालेको हो । शुक्रबार बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर चलाएर सुकुम्वासीकाे घर भत्काएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफैँ सामान सामान सारेका थिए ।
दोस्रोचरणमा आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

























