इटहरीमा सिटी सफारी दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ०७:१२
फाइल फाेटाे

इटहरी । सुनसरीको इटहरी उप-महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. १-०२-००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ईटहरी उप-महानगरपालिका १८ बस्ने २५ वर्षीय चालक बिकल चौधरी र सोही ठाउँका २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते भएका थिए । दुवै जनाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो । उपचारकै क्रममा चालक बिकल चौधरीको  शुक्रबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का घाइते उमेश श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.