शिक्षकका लागि आयोजित क्षमता विकास कार्यशाला सम्पन्न

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ०८:२५
 शिक्षकका लागि आयोजित क्षमता विकास कार्यशाला सम्पन्न

विराटनगर । विराटनगरका शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने क्षमता विकास कार्यशाला सम्पन्न भएको छ । विराटनगर–५ स्थित सिद्वकाली आधारभूत विद्यालयको आयोजना तथा विराटनगरको पोखरिया माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

कार्यशालामा विराटनगरका १० वटा विभिन्न विद्यालयका ४२ जना शिक्षकहरूको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको तालिममा विशेष गरी लेखन कला र आधुनिक शिक्षण विधिका विविध आयामबारे गहन छलफल र अभ्यास गरिएको आयोजक विद्यालयका प्रधानाध्यापक भोजराज अधिकारीले जानकारी दिए ।

Advertisement

समापन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले तालिममा सिकेका सीप र ज्ञानलाई कक्षा कोठासम्म पुर्‍याउन आग्रह गरे । उनले भने, ‘शिक्षकले सिकेका कुराहरू विद्यार्थी माझ प्रयोग भए मात्र यस्ता कार्यक्रमको सार्थकता रहन्छ, त्यसैले शैक्षिक सुधारका लागि सबै लाग्नुपर्छ ।’

त्यसैगरी, पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले विद्यालयको समग्र सुधारका लागि प्रधानाध्यापकको नेतृत्वसँगै शिक्षकहरूमा पनि उच्च स्तरको जागरूकता हुनुपर्नेमा जोड दिए । सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सके मात्र सक्षम र प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न सकिने उनको भनाइ थियो ।

कार्यशालामा प्रशिक्षक स्मारिका देवकोटाले शिक्षकहरूलाई लेखन कला र प्रभावकारी शिक्षण विधिका विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन् । सहभागी शिक्षकहरूले यस्ता तालिमले अध्यापन कार्यमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×