संस्कृत विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ११:११

काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले राजीनामा दिएका छन् । सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उनले राजीनामा दिएका हुन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका थिए ।

उनले शुक्रबार राजीनामा दिएका हुन् । ‘हिजो राजीनामा दिएको छु । २२ गतेबाट लागू हुनेगरी दिएको हो । बीचमा २ दिन बिदा परेको छ । २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुन्छ,’ उनले भनेका छन् । २०८१ पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.