मोरङको सिंघिया खोलामा एक पुरुषको शव फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ११:१६

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित सिंघिया खोलामा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५०-५२ वर्ष देखिने पुरुष खोलाको पानीमा डुबेर मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको पहिचान अझै खुल्न सकेको छैन । प्रहरीका अनुसार मृतक तराई मूलको जस्तो देखिने मानिस हुन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.