फाइल तस्बिरविराटनगर । नोवेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।
भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन अप्रेसन गरिएको थियाे ।
उपचारकाे क्रममा शुक्रबार राति उनकाे मृत्यु भएको थियाे ।
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै शनिबार बिहान मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । अस्पतालकाे अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टाेली खटिएकाे छ ।



















