एभरेष्ट स्कुलमा शिक्षकका लागि भाषा विकास तालिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार १८:०९

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कुलले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुई दिने ‘भाषा विकास’ प्रशिक्षण सञ्चालन गरेको छ ।

काठमाडौं विश्वविद्यालयका प्राडा. लक्ष्मण ज्ञवालीले सहजीकरण गरेकाे प्रशिक्षणमा मन्टेश्वरीदेखि माध्यमिक तहसम्मका शिक्षक–शिक्षिका सहभागी थिए ।

प्रिन्सिपल टिकाराम पुरीका अनुसार शिक्षण सिकाइलाई समयसापेक्ष र विश्वस्तरीय बनाउने उद्देश्यले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यो तालिम दिइएको हो ।

तालिममा नेपाली र अंग्रेजी भाषाको प्रयोगात्मक अभ्यास, लेखन कला र पठन संस्कृतिको विकासमा जोड दिइएको थियो ।

भाषा विकासलाई निरन्तरता दिन विद्यालयले ‘एभरेष्ट स्पिकर क्लव’ समेत गठन गरेको छ, जसले वर्षभरि विभिन्न भाषा सम्बन्धी गतिविधि गर्नेछ । एभरेष्टले शैक्षिक गुणस्तर सुधारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.