केही नेपाल ऐन संशोधन अध्यादेश जारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १८:४४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । आइतबार जारी उक्त अध्यादेशमार्फत विभिन्न कानुनी प्रावधानहरू परिमार्जन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पछिल्ला केही दिनयता सरकारले धमाधम अध्यादेश जारी गर्ने क्रम तीव्र बनाएको छ । यसअघि वैशाख १७ गते सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश र सहकारी (पहिलो संशोधन) अध्यादेश जारी गरिएको थियो । त्यसको भोलिपल्ट वैशाख १८ गते सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरिएको थियो ।

त्यसैगरी, वैशाख १९ गते एकैदिन तीनवटा अध्यादेश ल्याइएका थिए । जसमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशहरू समावेश छन् ।

लगातार अध्यादेश जारी गर्ने सरकारको निर्णयलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ । संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन संशोधन गर्ने अभ्यासलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । सरकारले भने कानुनी सुधारका लागि अध्यादेश ल्याउनुपरेको बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.