हावाहुरीका कारण रेलिङ भत्किदा एक जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १९:५८

सिरहा । सोमबार साँझ सिरहामा आएको हावाहुरीका कारण घरको छतको रेलिङ भत्किएर खस्दा एक जना महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर खस्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमाथि खसेको थियो ।

Advertisement

घाइते अवस्थामा उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी एवं प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.