
काठमाडौं । काभ्रेपलाञ्चोक स्थित रोशी खोलाको बहावमा ४ वटा माइक्रो बस फसेको छ ।
सोमबार नदीको दुई वटा धारकोबिचमा चार वटा माईक्रोबस फसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार रोशी गाउँपालिका–९ स्थित लास्कोट र चार सय बेशीकोबीचमा माइक्रो बस र त्यसमा सवार यात्रु फसेका हुन् । यात्रुलाई उद्धारको प्रयास भइरहेको डीएसपी विष्टले जानकारी दिए ।



















