
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लाे २४ घण्टामा दुई हजार २१८ सवारी चालकलाई कारबाही गरेकाे छ । ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाही गरेकाे हाे । २ हजार २१८ चालक कारबाहीमा पर्दा छ लाख ४१ हजार राजस्व संकलन भएकाे छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो । ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार हजार १२५ जनालाई कारबाही गरिएको हो ।



















