
काठमाडौं । संघीय संसद् सचिवालयले सांसदहरूको विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी थालेको छ । त्यसका लागि बायोमेट्रिक विवरण संकलन सुरु गरिएको छ ।
संसद् बैठकमा उपस्थितिको अभिलेख व्यवस्थित र प्रविधिमैत्री बनाउन सचिवालयले सबै सांसदलाई बायोमेट्रिकका लागि उपस्थित हुन सूचना दिएको हो ।
सचिवालयका अनुसार बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिरसमेत खिचिनेछ । त्यसका लागि सांसदहरूलाई औपचारिक पोसाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ ।
विद्युतीय हाजिरी प्रणाली लागू भएपछि संसद् बैठकमा सांसदहरूको उपस्थितिको अभिलेख डिजिटल माध्यमबाट राखिने सचिवालयले जनाएको छ । यसले हाजिरी व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने सचिवालयको अपेक्षा छ ।
कसको पालो कहिले ?


























