प्रधान न्यायाधीश सिफारिसको असर, सर्वोच्चमा पेसी रोकियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार ११:२३

काठमाडौं । प्रधान न्यायाधीशमा चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस भएपछि त्यसको प्रभाव सर्वोच्च अदालतको दैनिक कामकारबाहीमै देखिएको छ । शुक्रबार बिहानदेखि सर्वोच्च अदालतमा पेसी व्यवस्थापन प्रभावित बनेको हो ।

सामान्यतया बिहान साढे ९ बजेदेखि पौने १० बजाभित्र सार्वजनिक हुने दैनिक पेसी सूची ११ः१५ बज्दासम्म पनि सर्वोच्च अदालतको वेबसाइटमा राखिएको थिएन । स्रोतका अनुसार न्यायाधीशहरूबीच गोला तान्ने प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।

Advertisement

प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर न्यायाधीशहरू र सर्वोच्च प्रशासनका उच्च अधिकारीबीच आन्तरिक छलफल जारी रहेको बताइएको छ । पेसी व्यवस्थापनमा खटिएका कर्मचारीहरूका अनुसार बिहानदेखि बैठक चलिरहेकाले सूची प्रकाशन रोकिएको हो ।

यसबीच मुद्दाका पक्षकार, कानुन व्यवसायी तथा सेवाग्राहीहरू भने पेसी सूचीको प्रतीक्षामा अदालत परिसरमै अलमलमा परेका छन् । प्रधान न्यायाधीश सिफारिसपछि विकसित पछिल्लो परिस्थितिले न्यायालयभित्र असन्तुष्टि र अन्योल बढेको संकेत गरेको छ ।

संवैधानिक परिषद्को सिफारिसमा न्यायाधीश शर्माको नाम प्रधान न्यायाधीशका लागि अघि बढाइएको थियो । उनको सिफारिसले वरीयता र स्थापित परम्परा मिचिएको भन्दै न्यायिक वृत्तमै त्यसको चर्चा एवं विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया
सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
दलीय आबद्धता नभएका र विद्यावारिधि गरेका मात्रै विश्वविद्यालयको उपकुलपति 
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 
कम तौलको तेल बेच्ने उद्योग सञ्चालक पक्राउ
प्रधान न्यायाधीश सिफारिसको असर, सर्वोच्चमा पेसी रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.