‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १३:२२

काठमाडौं । सरकारले डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्नु कार्यक्षमता र मुद्दा फर्छ्यौट क्षमताको आधारमा भएको स्पष्ट गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले न्याय क्षेत्र सुधारलाई सरकारको प्राथमिकतामा राखिएको बताए । उनका अनुसार न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्धलाई सन्तुलित र स्वतन्त्र बनाउने प्रयास निरन्तर भइरहेको छ ।

Advertisement

पोखरेलले न्याय परिषद्को संरचनामाथि उठिरहेका प्रश्नहरूका बारेमा टिप्पणी गर्दै पाँच सदस्यमध्ये तीनजना राजनीतिक नियुक्ति जस्तो देखिएको भन्ने धारणा सार्वजनिक भइरहेको उल्लेख गरे । उनले न्यायाधीश नियुक्ति प्रक्रियामा पनि राजनीतिक पृष्ठभूमि जोडिने आरोपहरू आइरहेको स्वीकार गर्दै त्यसबारे बहस चलिरहेको बताए ।

उनका अनुसार पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस मुद्दा फर्छ्यौटको कार्यक्षमता आधारमा गरिएको हो । यद्यपि, उनले यो प्रक्रिया पूर्ण वा आदर्श भएको दाबी नगरी यसलाई सुधारको अभ्यासका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

सरकारले न्याय प्रणालीलाई अझ प्रभावकारी र पारदर्शी बनाउन आवश्यक नीतिगत तथा संवैधानिक सुधारको बहस अघि बढिरहेको पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया
एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त
एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त
छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 
छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 
सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
दलीय आबद्धता नभएका र विद्यावारिधि गरेका मात्रै विश्वविद्यालयको उपकुलपति 
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.