यस्तो छ संसद्को असारसम्मको सम्भावित कार्यसूची

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार ०६:५०

काठमाडौं । प्रतिनिधिसभा (संसद्)ले वैशाखदेखि असारसम्मको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । कार्यतालिकामा सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुति र विभिन्न विधेयकमाथि छलफललाई प्राथमिकता दिइएको छ ।

वैशाख २८ गते राष्ट्रपतिबाट आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत हुने तय भएको छ । जेठमा बजेट अधिवेशनसँगै पर्यटन, चलचित्र र राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि छलफल हुने जनाइएको छ ।

Advertisement

असारमा विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टुंग्याउने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । आवश्यकताअनुसार कार्यसूचीमा हेरफेर हुन सक्ने उल्लेख गरिएको छ ।

सम्भावित कार्यसूची तल छ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.