प्राधिकरणको अध्यक्ष र सदस्यका लागि आवेदन खुला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १३:५५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षसहित चार सदस्य पदका लागि आवेदन खुला गरेको छ । मन्त्रालयले प्राधिकरण नेतृत्वका लागि नयाँ पदपूर्तिको प्रक्रिया अघि बढाउँदै योग्य उम्मेदवारहरूलाई दरखास्त पेस गर्न आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार एक जना अध्यक्ष र चार जना सदस्य पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त खुलाइएको छ ।

Advertisement

सूचनामा उल्लेख भएअनुसार इच्छुक उम्मेदवारले आगामी जेठ ५ गते मंगलबार कार्यालय समयभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयपछि आएका आवेदनलाई मान्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

सरकारले दूरसञ्चार क्षेत्रको नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै प्राधिकरण नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो । साथै सुरक्षण मुद्रण केन्द्रको नेतृत्व पनि नयाँ नियुक्तिबाट व्यवस्थापन गर्न खोजिएको छ ।

अब आवेदन प्रक्रिया सकिएपछि छनोट र नियुक्ति सम्बन्धी प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.