राजमार्ग विस्तारका लागि हटाइयो बिर्तामोडको ‘मुक्तिचोक स्तम्भ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ०६:३५

बिर्तामोड । झापाको व्यस्त र प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको मुख्य पहिचानका रूपमा रहेको ‘मुक्तिचोक’ को शालिक (सहिद स्तम्भ) हटाइएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार प्रक्रियालाई अघि बढाउन शनिबार राति शालिक हटाइएकाे हाे ।

बिर्तामोडको गौरव र ऐतिहासिक विरासत बोकेको यो चोक लामो समयदेखि झापाकै प्रमुख पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा स्थापित थियो ।

Advertisement

यो शालिक र चोक राजनीतिक परिवर्तनको एउटा बलियो साक्षी पनि थियाे । वि.सं. २०६२–०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि ‘मुक्ति’ को नाम राखिएकाे थियाे । चाेकमा

एसियन हाइवे (लौकही-काँकडभिट्टा पूर्वी खण्ड) का आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार, सडक निर्माण कार्यलाई तीव्रता दिन र प्राविधिक रूपमा सडक चौडा बनाउन यो संरचना बाधक देखिएकाले स्थानान्तरण गर्नुपरेको हो । चोकबाट सुरक्षित रूपमा निकालिएको ऐतिहासिक शालिकलाई तत्कालका लागि बिर्तामोड नगरपालिकाको कार्यालय परिसरमा सुरक्षित राखिने र उपयुक्त स्थानमा स्थापना गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.