एसईई नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १३:३५

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे हाे । बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ ।

‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘त्रुटि नहुनेगरी नतिजा सार्वजनिक गर्छौं ।’ यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

Advertisement

‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो, उनले भने,’रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ ।’

एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसवर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.