सभामुखको गाडीदेखि भिआइपीका पछुवासम्म कारबाहीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १५:०४

काठमाडौं । काठमाडौं उपत्यकाको सडक सुरक्षालाई मजबुत बनाउन ट्राफिक प्रहरीले जाँचमा कडाइ गर्न थालेको छ । नियम उल्लंघन गर्ने जो-कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने नीतिअनुसार अचेल सडकमा सभामुखको सवारीदेखि अगुवा-पछुवा गाडीसमेत ट्राफिक प्रहरीको फन्दामा पर्न थालेका छन् ।

पछिल्लो समय ट्राफिक प्रहरीले ‘भीआइपी’ संस्कृतिलाई चुनौती दिँदै कानुन सबैका लागि बराबर भएको सन्देश दिएको छ । नियमित जाँचका अतिरिक्त अहिले दिउँसै मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) को समेत सूक्ष्म निगरानी र जाँच भइरहेको छ ।

Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार नयाँ सरकार गठन भएयता (गत १३ चैतदेखि १६ वैशाखसम्म) को करिब डेढ महिनाको अवधिमा मात्रै ८६ हजार भन्दा बढी चालक कारबाहीमा परेका छन् ।

कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार यस अवधिमा कुल ८६ हजार ७०२ जना चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको हो । सडक अनुशासन कायम गराउन र दुर्घटना न्यूनीकरण गर्न यो अभियानलाई थप तीव्रता दिइएको उनले जानकारी दिए ।

हाल उपत्यकाका मुख्य चोक र भित्री सडकहरूमा समेत ट्राफिक प्रहरीले दिनरात नभनी निगरानी बढाएको छ । विशेषगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिका कारण हुने सम्भावित दुर्घटना रोक्न प्रहरीले कडाइ गरेको हो ।

तपाइको प्रतिक्रिया
जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण
जंगली च्याउ खाँदा झापाको बाह्रदशीमा एकै परिवारका ११ जना बिरामी
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ
चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर
सरकारद्वारा जारी ८ अध्यादेश: राष्ट्रिय सभामा बहुमत नहुँदा पारित गर्न चुनौती
तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग
मापसे गरेर गाडी चलाएका मेयरलाई जरिबाना तिराएर छाडियो
पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु
कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.