टर्किस एयरकाे जहाजमा आगाे लाग्यो, उडान अवतरण प्रभावित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार ०८:३४

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं  आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा आगाे लागेकाे छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायरमा आगो लागेको हाे ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा लागेको आगाे निभाइएकाे छ ।

Advertisement

“आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ”, उनले भने, “अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।”

उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो ।

अहिले प्राविधिक जाँच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.