संसद बैठक सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल मनोनीत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १५:०३

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरू मनोनीत गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्यलाई अध्यक्ष मण्डलमा मनोनीत गरेको जानकारी गराएका हुन्।

मनोनीत हुने सदस्यहरूमा कामिनी कुमारी, गङ्गालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन्।

Advertisement

प्रतिनिधिसभा नियमावली अनुसार सभामुख र उपसभामुख दुवै उपस्थित नभएको अवस्थामा बैठकको अध्यक्षता गर्नका लागि प्रत्येक अधिवेशनको सुरुमा यस्तो मनोनयन गर्ने व्यवस्था छ। मनोनयनमा परेका यी सदस्यहरूले सभामुखको निर्देशन बमोजिम पालोअनुसार बैठक सञ्चालन गर्नेछन्।

तपाइको प्रतिक्रिया
कर्मचारीप्रति बालेन नीति : राजनीतिक गतिविधि गरे ‘भविष्यमा पनि जागिरका लागि अयोग्य’
यस्तो छ बालेन सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा हिडे प्रधानमन्त्री
करको संरचना पुनरावलोकन गर्ने सरकारको घोषणा
भिजिट नेपाल २०८५ मनाउने घोषणा
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
‘ह्याकुला’ को राजनीति र न्यायको निधार
सुकुम्बासी बस्तीमा ‘डोजर आतङ्क’ मच्चाएको भन्दै आपत्ति
विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
कर्मचारी युनियन खारेजीविरुद्धको रिटमा बहस जारी, आजै आदेश आउने सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.