कर्मचारी युनियन खारेजीविरुद्धको रिटमा बहस जारी, आजै आदेश आउने सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १५:०४

काठमाडौं। सरकारले निजामती कर्मचारीहरूका पेशागत सङ्गठन तथा ट्रेड युनियनहरू खारेज गरेको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा बहस जारी छ।

सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी सङ्घसंस्थामा रहेका ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको थियो। सङ्गठनहरूले संविधानले दिएको सङ्गठित हुन पाउने अधिकार खोसिएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। यस विषयमा सर्वोच्चले आजै कुनै आदेश दिने सम्भावना छ।

Advertisement

कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, विनोद शर्मा र सारङ्गा सुवेदी रहेका छन्। यसअघि आजै सर्वोच्चले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ। कर्मचारी युनियनको हकमा अदालतले के कस्तो निर्णय लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
कर्मचारीप्रति बालेन नीति : राजनीतिक गतिविधि गरे ‘भविष्यमा पनि जागिरका लागि अयोग्य’
यस्तो छ बालेन सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा हिडे प्रधानमन्त्री
करको संरचना पुनरावलोकन गर्ने सरकारको घोषणा
भिजिट नेपाल २०८५ मनाउने घोषणा
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
‘ह्याकुला’ को राजनीति र न्यायको निधार
सुकुम्बासी बस्तीमा ‘डोजर आतङ्क’ मच्चाएको भन्दै आपत्ति
विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
कर्मचारी युनियन खारेजीविरुद्धको रिटमा बहस जारी, आजै आदेश आउने सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.