सुकुम्बासी बस्तीमा ‘डोजर आतङ्क’ मच्चाएको भन्दै आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १५:०८

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्बासी बस्तीमा सुरक्षा फौजको आतङ्क देखाएर सरकारले डोजर चलाएको भन्दै कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले सरकारको यस्तो कार्यले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए।

‘डोजर आतङ्क देखाइएकै कारण इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?’भन्दै उनले सदनमा प्रश्न गरे। सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी बल प्रयोग गरेर उठिबास लगाउनु अमानवीय भएको उनको भनाइ थियो।

Advertisement

यसैगरी, दुलालले सरकारले संसद् छलेर ल्याएका अध्यादेशहरू र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाप्रति पनि विरोध जनाए। सरकार लोकतान्त्रिक मूल्य मान्यता कुल्चिएर निरङ्कुश बन्दै अघि बढेको आरोप लगाउँदै उनले यी कदमहरूको सदनमा सशक्त प्रतिवाद गर्ने बताए। सरकारका पछिल्ला निर्णयहरूले मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको दाबी समेत उनले गरे।

तपाइको प्रतिक्रिया
कर्मचारीप्रति बालेन नीति : राजनीतिक गतिविधि गरे ‘भविष्यमा पनि जागिरका लागि अयोग्य’
यस्तो छ बालेन सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा हिडे प्रधानमन्त्री
करको संरचना पुनरावलोकन गर्ने सरकारको घोषणा
भिजिट नेपाल २०८५ मनाउने घोषणा
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
‘ह्याकुला’ को राजनीति र न्यायको निधार
सुकुम्बासी बस्तीमा ‘डोजर आतङ्क’ मच्चाएको भन्दै आपत्ति
विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
कर्मचारी युनियन खारेजीविरुद्धको रिटमा बहस जारी, आजै आदेश आउने सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.