कोशी प्रदेश मन्त्रिपरिषद्को बैठक : यी हुन् ८ निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १९:१०

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले ८ वटा निर्णय गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटा प्रमुख निर्णयहरू गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको छ । विशेषज्ञ चिकित्सकहरूको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ ।

Advertisement

कृषि क्षेत्रको विकासका लागि प्रदेश बीउबिजन नियमावली २०८३ र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ पनि स्वीकृत गरिएको छ ।

प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ लाई जारी गर्नका सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायहरूको लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ । वृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनौटका लागि एक सिफारिस समिति गठन गर्ने निर्णय पनि भएको छ ।

गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोहको क्रममा भएको आगजनी र तोडफोडबाट क्षति भएका सरकारी भौतिक संरचना, सवारी साधन र मेसिनरी औजारहरूलाई लिलामी बिक्री गर्ने निर्णय सरकारले गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.