अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १५:३१

अर्घाखाँची। अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी–८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको अहिले स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।

Advertisement

पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले घटनास्थलमा उद्धार कार्य जारी रहेको जानकारी दिए । अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीका अनुसार प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पाल्पा र अर्घाखाँची अस्पताल पठाउने क्रम चलिरहेको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
पार्टी एकताका नाममा विराटनगरमा कांग्रेसको गुट भेला
विश्वकप लिग २ : स्कटल्याण्डसँग २ रनले हार्याे नेपाल
मलाई हटाउने निर्णय मुर्खतापूर्ण : सिटौला
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.