विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १५:३९

काठमाडौं । बिना विकल्प बस्ती भत्काइएको र डोजर आतङ्क सिर्जना गरिएको भन्दै देशका विभिन्न जिल्लाका भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलनका लागि काठमाडौँ ओर्लिएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको अगुवाइमा ७ प्रदेशका २० जिल्लाबाट आएका प्रतिनिधिहरूले माइतीघर मण्डलामा भेला भई सरकारको कदमप्रति विरोध जनाएका हुन् ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर उठिबास लगाएपछि भूमिहीनहरू आन्दोलित बनेका हुन् । उचित व्यवस्थापन र विकल्पबिना थातथलो खोसिएको भन्दै उनीहरूले ‘विस्थापित होइन, व्यवस्थापन गर’ र ‘डोजर आतङ्क बन्द गर’ जस्ता नाराबाजीसहित खबरदारी गरेका छन् । निर्वाचनका बेला गरिएका बाचाहरू सरकारमा पुगेपछि भुलिएको र गरिबमाथि दमन गरिएको उनीहरूको आरोप छ ।

Advertisement

यसैबीच, मञ्चले मंगलबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बालाजु पुगेर भूमि र आवास अधिकार सुनिश्चितताका लागि अनुरोध–पत्र बुझाएको छ । मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले संसदीय दलका उपनेता गणेश पराजुलीलाई १२ बुँदे मागपत्र बुझाउँदै बस्ती विस्थापन नगरी व्यवस्थापन गर्न माग गरे ।

२० जिल्लाबाट आएका प्रतिनिधिहरूले रास्वपा नेता पराजुलीसँग संवाद गर्दै सरकारले नागरिकको आधारभूत मानवीय न्यायको ख्याल नगरेको गुनासो गरे । जवाफमा उपनेता पराजुलीले भूमिहीनका समस्या समाधानका लागि पार्टीका तर्फबाट सहजीकरण गर्ने आश्वासन दिएका छन् । आफू आश्रित जमिनमा कुनै पनि बेला डोजर चल्न सक्ने भयका बीच देशभरका भूमिहीनहरूले अहिले सडक संघर्षलाई तीव्र पारेका छन् ।

तपाइको प्रतिक्रिया
पार्टी एकताका नाममा विराटनगरमा कांग्रेसको गुट भेला
विश्वकप लिग २ : स्कटल्याण्डसँग २ रनले हार्याे नेपाल
मलाई हटाउने निर्णय मुर्खतापूर्ण : सिटौला
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.