सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १५:४२

संखुवासभा । संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको च्याम्ताङ–घोङ्गप्पा सडक सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। खाँदबारी–किमाथांका सडकखण्ड अन्तर्गत पर्ने उक्त सडकखण्ड उत्तर–दक्षिण (कोशी) सडक योजनालाई बुझाइएको हो।

आयोजना प्रमुख प्रमुख सेनानी सम्सेरबहादुर सिंहले सडक योजनाका प्रमुख रामबहादुर गुरुङलाई सडक हस्तान्तरण गरे। कठिन भूगोल र कडा चट्टानयुक्त भू–बनोटका बाबजुद सेनाले राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न गरेको उनले बताए। सरकारले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत च्याम्ताङदेखि घोङ्गप्पासम्मको सडक निर्माणको जिम्मेवारी सेनालाई दिएको थियो।

Advertisement

प्रारम्भिक रूपमा १४ किलोमिटर निर्माण गर्ने लक्ष्य रहे पनि एलाइनमेन्ट परिवर्तनका कारण अन्तिम सर्वेक्षणमा सडकको कुल लम्बाइ १०.८१ किलोमिटर कायम भएको सेनाले जनाएको छ। २०७७ फागुन १४ गतेदेखि ट्र्याक खोल्न सुरु गरिएको यो सडक २०८२ चैत ३० गते पूर्ण रूपमा निर्माण सम्पन्न भएको थियो।

खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले किमाथांका–खाँदबारी सडक सञ्जाल जोडिनु कोशी प्रदेशकै लागि ऐतिहासिक उपलब्धि भएको बताए। सेनाले जोखिम मोलेर चट्टान फोडेपछि मात्र यो सडक निर्माण सम्भव भएको उनको भनाइ थियो।

सडक निर्माण भएसँगै भोटखोला क्षेत्रको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा उल्लेख्य परिवर्तन आउने विश्वास गरिएको छ। भोटखोला–२ का वडाध्यक्ष जिप्पा तेन्जिङ भोटेले सडक सञ्चालनमा आएपछि सदरमुकाम आउजाउ गर्न सहज भएको र स्वास्थ्य, शिक्षा एवं व्यापारमा स्थानीयले ठूलो राहत पाएको बताए।

तपाइको प्रतिक्रिया
पार्टी एकताका नाममा विराटनगरमा कांग्रेसको गुट भेला
विश्वकप लिग २ : स्कटल्याण्डसँग २ रनले हार्याे नेपाल
मलाई हटाउने निर्णय मुर्खतापूर्ण : सिटौला
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.