ठगी र विश्वासघातको आरोपमा सीईओ पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ११:५३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुरोधमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनलाई मंगलबार राति करिब ८ बजेतिर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पाण्डेलाई मोबाइल फोन बन्द गरी सम्पर्कविहीन हुँदै भागिरहेका अवस्थामा मदन भण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–६ स्थित बसपार्कबाट सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रारम्भिक अनुसन्धानबाट स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रक्रियामा उनले अनियमितता गरेको देखिएको छ । अनुमति नवीकरण नभएपछि २०८० वैशाख ३ गतेदेखि स्वतः खारेज भएको स्मार्ट टेलिकमको सम्पत्ति, पूर्वाधार र सञ्जाल राज्यको नियन्त्रणमा रहने भए पनि त्यसलाई लिलामी प्रक्रियामा गलत तरिकाले प्रयोग गरिएको आरोप छ ।

उनी लोन रिकभरी कमिटीका अध्यक्षसमेत रहेकाले निर्णय प्रक्रियामा बदनियतपूर्ण भूमिका खेलेको आशंका गरिएको छ । प्रहरीका अनुसार सरकारको अधिकार कमजोर पार्ने उद्देश्यले सम्पत्ति व्यवस्थापनमा अनियमितता गरिएको र लिलामी प्रक्रियामा गलत निर्णयहरू गरिएको देखिएको छ ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते प्रकाशित लिलामी सूचनासम्बन्धी विषयमा करिब ४० करोड रुपैयाँ बराबरको रकम अपचलन भएको आरोप पनि छ । लिलामीका क्रममा बोलपत्रदाताबाट घरबहाल र विद्युत् महसुलबापत अतिरिक्त रकम संकलन गरिएको भए पनि उक्त रकम सम्बन्धित घरधनीलाई नदिई बैंकमै राखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाण्डेमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइने छ । प्रहरीले घटनालाई गम्भीर आर्थिक अपराधका रूपमा लिएर विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.