मन्त्रिपरिषद् बैठकका चारवटा निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १२:०५

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको छ ।

बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ । जसले सरकारी निकायहरूको कार्यक्षेत्र र जिम्मेवारी पुनःसमायोजन गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

त्यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । यस संशोधनमार्फत डिजिटल शासन प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, बैठकले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ पनि स्वीकृत गरिएको छ । यसले भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी कानुनी संरचनालाई अद्यावधिक गर्ने उद्देश्य राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.