
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई सचिवमा नियुक्त गरिएको हो।
राष्ट्रपतिले यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरेका थिए। उनी पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गरेका हुन्। अधिकारीको नियुक्तिसँगै प्रतिनिधिसभाले नयाँ प्रशासनिक नेतृत्व पाएको छ।



















