सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १७:५६

काठमाडौं। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले एक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ।

समाचारको विषयलाई लिएर विधायकले प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु र सञ्चार माध्यमलाई नै बन्द गराउने धम्की दिनु आपत्तिजनक रहेको महासङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

महासङ्घले प्रकाशित समाचार सामग्रीप्रति कुनै असहमति वा गुनासो भए प्रेस काउन्सिल नेपालमार्फत कानुनी उपचार र समाधान खोज्न आग्रह गरेको छ।

प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै महासङ्घले आगामी दिनमा यस्ता स्वतन्त्रता विरोधी हर्कत नदोहोर्‍याउन समेत सांसद खरेल र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.