नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १८:०६

काठमाडौं। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा बुधबार भएको छलफलमा सांसदहरूले यसको चर्को आलोचना गरेका छन्। छलफलमा सहभागी सांसदहरूले सरकारले ल्याएको कार्यक्रम लक्ष्यविहीन, सारहीन र गन्तव्यहीन भएको टिप्पणी गरे।

नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति र स्पष्ट विकास मोडेलको अभाव रहेको बताए। उनले सुशासनका कुरा कागजमा मात्रै सीमित हुने खतरा रहेको औँल्याउँदै देशको अवस्थाको यथार्थ विश्लेषण नगरी केवल नारा केन्द्रित कार्यक्रम ल्याइएको आरोप लगाए।

Advertisement

त्यस्तै, नेकपा एमालेका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले मुलुक आर्थिक मन्दीमा रहेको बेला लगानी संकट र व्यावसायिक सुस्तता जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताए। उनले आर्थिक वृद्धिमा आएको संकुचन र बैंकमा थुप्रिएको तरलता लगानी हुन नसकेको अवस्थाबारे सरकार स्पष्ट नभएको टिप्पणी गरे।

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले २०८१ र २०८३ सालमा प्रस्तुत नीति तथा कार्यक्रमहरू धेरै मिल्दाजुल्दा रहेको भन्दै अधिकांश कार्यक्रम दोहोरिएको आरोप लगाए। विगतका प्रतिबद्धताहरूको समीक्षा नगरी फेरि उही कार्यक्रम ल्याउँदा जनताको आँखामा छारो हाल्ने काम मात्र हुने उनको भनाइ थियो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य र नतिजामुखी हुनुपर्नेमा जोड दिँदै रोजगारी सिर्जना र गरिबी न्यूनीकरणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.