माइतीघरमा सुकुम्बासीको खबरदारी: ‘डोजर आतङ्क’ बन्द गर्न माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १३:१२

काठमाडौं। अखिल नेपाल सुकुम्बासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले विभिन्न स्थानमा भइरहेको डोजर आतङ्क र संस्थागत हत्याको विरोधमा बिहीबार माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्। सुकुम्बासी बस्तीहरूमा विकल्प बिना नै डोजर चलाइएको र राज्यले दमन गरेको भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले सुकुम्बासीका मुद्दा सम्बोधन गर्नुको साटो सरकार र स्थानीय प्रशासनले बल प्रयोग गरेर विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले यस्तो कार्यलाई ‘संस्थागत हत्या’को संज्ञा दिँदै तत्काल डोजर आतङ्क बन्द गर्न र जिउधनको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

Advertisement

खबरदारी कार्यक्रमका क्रममा अधिकारकर्मीहरूले भूमिहीन र सुकुम्बासीहरूको संवैधानिक हकको रक्षा गर्दै स्थायी बसोबासको ग्यारेन्टी गर्न सरकारसँग माग गरे। माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारा अङ्कित प्लेकार्ड प्रदर्शन गर्दै सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.