गुप्तचर विभाग पुनः प्रधानमन्त्री कार्यालय मातहत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १०:२७

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत फर्काएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले ‘नेपाल सरकार कार्यसम्पादन नियमावली २०८३’ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेको हो।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको थियो। नियमावली राजपत्रमा प्रकाशित भएसँगै प्रधानमन्त्री कार्यालयका ४८ वटा कार्यक्षेत्रहरू तोकिएका छन्, जसमा गुप्तचर विभागलाई २८ औँ नम्बरमा राखिएको छ।

Advertisement

यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारले विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत राखेको थियो।

राष्ट्रिय अनुसन्धान विभागको क्षेत्राधिकारलाई लिएर विगतमा पनि विभिन्न अभ्यासहरू भएका थिए। २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेपछि त्यसको राजनीतिक वृत्तमा आलोचना समेत भएको थियो। तर, नयाँ नियमावलीमार्फत सरकारले यसलाई पुनः प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीमा राख्ने सुनिश्चित गरेको छ।

तपाइको प्रतिक्रिया
कर्मचारी समायोजनपछि प्रदेशकै कानुन लागू हुने सर्वोच्चको फैसला
अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गरिने
मधेसका मुख्यमन्त्री यादवले जेठ ८ गते विश्वासको मत लिने
राष्ट्रिय दलित आयोगका सदस्यद्वारा राजीनामा
बजेट तयारी : प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
 सरकारको नीति तथा कार्यक्रम जनमोर्चाद्वारा अस्वीकार
 गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.