बजेट तयारी : प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १३:५५

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ। उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटका क्रममा सरकारले बिहीबार मात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ।

Advertisement

प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि बाहिरिएका छन्। सरकारले नयाँ बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको यस भेटलाई महत्त्वका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.