विराटनगरमा ग्रहराज शनिको विशेष पूजा-आराधना (फोटो फिचर)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार ११:५३

विराटनगर। नवग्रहमध्येका न्यायका देवता मानिने ग्रहराज शनिको जन्मोत्सव आज विराटनगरसहित मुलुकभर श्रद्धा र भक्तिका साथ मनाइँदै छ। प्रत्येक वर्षको ज्येष्ठ कृष्ण औँसीका दिन शनि जयन्ती मनाउने धार्मिक परम्परा रहेको छ।

यस अवसरमा विराटनगरका विभिन्न शनि मन्दिर तथा नवग्रह पीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। विशेषगरी साढेसाती, अढैया वा शनिको दशा चल्नेहरूले ग्रहको अनिष्ट शान्त पार्न र समाजमा सुख–शान्तिको कामना गर्दै विशेष पूजा–आराधना गरिरहेका छन्।

Advertisement

धार्मिक मान्यताअनुसार शनिदेवलाई सूर्यपुत्र तथा न्याय र कर्मको फलदाता मानिन्छ। मानिसले गर्ने असल वा खराब कर्मको आधारमा शनिदेवले न्यायोचित फल दिने विश्वास गरिन्छ। शनिको कृपा भएमा रङ्क पनि राजा बन्न सक्ने र रुष्ट भएमा ठुलो सङ्कट आइलाग्ने जनविश्वासका कारण आजको दिनलाई धार्मिक रूपमा निकै महत्त्वपूर्ण मानिएको हो।

शनि जयन्तीका दिन तोरीको तेल, कालो तिल, कालो कपडा, फलामका सामग्री तथा मासको दाल दान गर्नाले शनिदोषबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। विराटनगरका स्थानीय मन्दिरहरूमा आज महायज्ञ, भजनकीर्तन र विशेष महाआरतीको समेत आयोजना गरिएको छ।

सफाइ र अनुशासन मन पराउने देवताका रूपमा चिनिने शनिको पूजा गर्दा नीलो वा कालो रङको प्रयोग बढी गरिन्छ। आजको दिन पीपलको बोटमा जल चढाएर तोरीको तेलको दियो बाल्नाले पारिवारिक सुख र समृद्धि मिल्ने पुरोहितहरू बताउँछन्।

तपाइको प्रतिक्रिया
इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा
एमाले केन्द्रीय सचिवालय बैठक स्थगित, सोमबार ओली निवास गुन्डुमा बस्ने
जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला
वडा सचिवलाई धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
‘संविधान क्षतविक्षत पार्ने प्रयास भयो’
प्रेस युनियनको संगठन सुदृढीकरण र व्यावसायिक विकासका ७ बुँदे निर्णय
प्रेस युनियनको संगठन सुदृढीकरण र व्यावसायिक विकासका ७ बुँदे निर्णय
 नेपाल प्रहरीमा व्यापक हेरफेर: १२० जना डीएसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीमा व्यापक हेरफेर: १२० जना डीएसपीको सरुवा (सूचीसहित)
विश्वकप लिग-२ : अमेरिका १९५ रनमा अलआउट, नेपालले पायो १९६ रनको लक्ष्य
नीति तथा कार्यक्रममाथिको बहस खुम्च्याइयो : आङदेम्बे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.