इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार १५:१६

इलाम। इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसारपसार सम्बन्धी प्रतिबन्ध हटाइएको हो।

जिल्ला बर्ड फ्लु नियन्त्रण समिति इलामको बैठकले यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको भेटेरेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डाक्टर राघवेन्द्र तिवारीले जानकारी दिए।

Advertisement

केन्द्रले बिहीबार सार्वजनिक सूचना जारी गर्दै पशु सेवा विभाग हरिहरभवन, ललितपुरमा वैशाख २९ मा बसेको बैठकको निर्णयपछि जिल्लामा लगाइएको प्रतिबन्ध हटाइएको जनाएको छ। यसअघि वैशाख ९ को जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा रोक लगाएको थियो।

समितिले प्रतिबन्ध हटाए पनि बर्ड फ्लु रोग पूर्णरूपमा नियन्त्रणमा राख्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको ओसारपसार नगर्न र अन्य क्षेत्रबाट ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था कायम राखिएको छ।

कुखुरा फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, फार्म प्रवेशअघि निःसंक्रमण गर्न, फुटबाथको प्रयोग गर्न तथा फार्मभित्र जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
नेपालले अमेरिकालाई ९ विकेटले हरायो
५ वर्षमा पहिरोबाट ७४३ जनाको मृत्यु, मनसुन नजिकिँदा पनि सरकारको तयारी सुस्त
मनसुनमा कम वर्षा हुने प्रक्षेपणले उत्पादकत्व घट्ने जोखिम
जलवायु परिवर्तनको मारमा हिमश्रृंखला
मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा जसपामा दुई धार
वडा सचिवलाई धम्की दिने खड्का काठमाडौँबाट पक्राउ
इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा
एमाले केन्द्रीय सचिवालय बैठक स्थगित, सोमबार ओली निवास गुन्डुमा बस्ने
जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला
वडा सचिवलाई धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.