लेक लागेर लेखा अधिकृतको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०७:४९

काठमाडौं । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका दर्शनका लागि गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भैरहवा घर भई हाल काठमाडौंस्थित राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत ५५ वर्षीय लेखा अधिकृत विश्वराज पन्थी रहेको बाजुरा प्रहरीका प्रवक्ता इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार तीर्थयात्राका क्रममा खारेको जंगल क्षेत्रमा पुग्दा पन्थी एक्कासी बेहोस भएका थिए ।

Advertisement

टोलीले उनलाई तत्काल जिल्ला अस्पताल बाजुरा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पन्थीसहित राष्ट्रिय सतर्कता केन्द्रका लेखा समूह उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मासमेत बडिमालिका दर्शनका लागि तीर्थयात्रामा गएका थिए ।

चार जनाको टोलीमध्ये पन्थीको लेक लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि अन्य सदस्यहरू सुरक्षित रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.