३२ औंपटक सगरमाथाको चुचुराेमा पुगे कामिरिता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ११:११

काठमाडौं । नेपालका कीर्तिमानी आरोही कामिरिता शेर्पा ३२ औंपटक सगरमाथाको चुचुराेमा पुगेका छन् । ५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।

उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् ।

Advertisement

सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।

‘३२ औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेट समिट ट्रेक्सले फेसबुकमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।’

सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अतुलनीय सफलता हासिल गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.