
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ४ हजार ५ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९८ हजार ५ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको ३ सय ३० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ९० रूपैयाँ थियो ।



















