पैनीमा वृद्ध मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार ०६:२७

झापा । झापाको गौरादहमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भएका ६० वर्षीय बाबुराम हस्दा मृत फेला परेका हुन् ।

हस्दालाई आइतबार साँझ गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरियाले उनलाई जीवित छन् कि भनेर तत्काल पैनीबाट बाहिर निकालेर हेर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

Advertisement

हस्दा विगत ७ वर्षदेखि गौरादह–२ लोदावारीस्थित छोरी सविना हस्दाको घरमा बस्दै आएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि उर्लाबारी मंगलबारे अस्पताल मोरङ पठाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.