सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १०:४७

विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । चाँदीको भने भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको २ लाख ९४ हजार रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदीको मूल्य ५ हजार ६० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.