स्कटल्यान्ड पराजित हुँदा नेपाल पाँचौं स्थानमा उक्लियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १५:३२

काठमाडौं । स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा महत्वपूर्ण जित हासिल गरेको छ ।

यो जितसँगै अंकतालिकामा सुधार गरेर नेपाल पाँचौं स्थानमा उक्लिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा सीमित भयो ।

Advertisement

उसका लागि ब्रान्डन म्याकमुलेनले ७३ रनको सर्वाधिक स्कोर बनाए । माइकल इङ्ग्लिसले ५१ रनको योगदान गरे पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपालका बलरमध्ये स्पिनर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट हात पारे । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १–१ विकेट लिए ।

१९५ रनको लक्ष्य पछ्याउँदै नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै सहज जित दर्ता गर्‍यो । ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । आसिफ २९ रनमा रनआउट भए भने कुशल भुर्तेल २८ रनमा आउट भए ।

इशान पाण्डेले ५५ रनको अर्धशतकीय इनिङ खेल्दै नेपालको जितको आधार तयार पारे । कप्तान रोहित पौडेलले अविजित ७४ रन पारी खेल्दै टोलीलाई जितसम्म पुर्‍याए । दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए भने आरिफ शेख अविजित ८ रनमा रहे ।

त्यसअघि स्कटल्यान्डका बलर मार्क वाटले २ विकेट लिएका थिए भने ब्रान्डन म्याकमुलेनले १ विकेट लिए । यस जितसँगै नेपालले शृंखलामा दोस्रो सफलता हात पारेको छ ।

पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो । हाल नेपाल २२ अंकसहित लिग–२ को तालिकामा पाँचौं स्थानमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको फिर्ता पाउन थाले बचत
एमालेले विद्या भण्डारीलाई दियो पार्टी सदस्यता
पूर्वमा पहिलो पटक राउटे मेला : उत्साहसँगै सामाजिक संवेदनशीलतामाथि प्रश्न
सर्वाेच्चका श्रीमान दुई कित्तामा, कामुको आदेशमा देखियो झगडा
सुकुम्वासी बस्तीमा ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै विराटनगरमा प्रदर्शन  
परराष्ट्र मन्त्रालयले माफी माग्यो
मोरङबाट निर्वाचित रास्वपा सांसदमाथि गम्भीर आरोप, विदेशी युवतीलाई गर्भवती बनाएर ‘गायब’
संवैधानिक प्रावधानविपरीत सत्तारुढ सांसदले उठाए प्रश्न
कोशीको खेलकुद बोर्डमा राजनीतिक भागबन्डा अन्त्य गरियोस्
भूकम्पपछि सात हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.