समस्याग्रस्त सहकारीका साना बचतकर्ताको फिर्ता पाउन थाले बचत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १८:२२

काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सरकारले सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो ।

कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

Advertisement

पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.