
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा चार जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ। अध्यक्ष छनोटका लागि गठित अध्यक्ष छनोट सिफारिस समितिले उनीहरूको सूची सार्वजनिक गरेको हो ।
अर्थ मन्त्रालय, सिंहदरबारस्थित समितिले अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिबाट माग गरिएका आवेदनमध्ये योग्य उम्मेदवारको संक्षिप्त सूची तयार गरेको जनाएको छ। सूचनाअनुसार व्यक्तिगत विवरण पेस गरेका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि चार जना अन्तिम सूचीमा परेका हुन् ।
संक्षिप्त सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट रहेका छन्।


























