निर्माणाधीन खानेपानी ट्यांकीबाट खसेर एक मजदुरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १९:४३
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी

झापा । झापाको मेचीनगर नगरपालिका–५ शान्ति टोलमा निर्माणाधीन खानेपानी ट्यांकीबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय दिननाथ पराजुली रहेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो १२ः३० बजेतिर निर्माणाधीन ट्यांकीको सेटरिङका लागि प्रयोग गरिएको बाँस खोल्ने क्रममा पराजुली अचानक ३ तला माथिबाट भुइँमा खसेका थिए । उचाइबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बि एन्ड सी अस्पताल पुर्‍याइएको थियो ।

Advertisement

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीको टोली पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक मेची अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×