अञ्जनीकुमार पोखरेल एआईजीमा सिफारिस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०८:२५

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय लिएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अध्यक्ष रहने व्यवस्था छ भने गृह मन्त्रालयका सचिव सदस्य हुन्छन् । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) सदस्यसचिवका रूपमा रहने कानुनी व्यवस्था रहेको छ ।

Advertisement

पोखरेल हाल सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन् । बढुवा समितिको सिफारिसपछि अब उनको पदोन्नति प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशको प्रमुख हुँदा पोखरेलले तस्करी नियन्त्रणमा उल्लेख भूमिका खेलेका थिए । उनको कार्यकालमा चोरी तस्करी र सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले कोशीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

संस्थागत रुपमा हुने गरेको तस्करी नियन्त्रणमा कुनै सम्झौता नगरेकै कारण पोखरेलको उच्च प्रशंसा भइरहन्छ । उनलाई सशस्त्रको भावी आईजीपीका रूपमा हेर्ने गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.